सौतेनी छोराको कुटाईबाट सन्तमायाको मृत्यु
हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा सौतेनी छोराको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । डिल बहादुर चेपाङको कान्छी श्रीमती ५० वर्षकी सन्तमाया चेपाङलाई उनकी सौताकी छोरा २६ वर्षीय ईन्द्रबहादुरले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
गत कात्तिक २७ गते घटना भएकोमा गम्भीर घाइते सन्तमायाको उपचारको क्रममा चितवनको भरतपुर अस्पताल लगिएकोमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसारख कुटपिटमा संलग्न ईन्द्रबहादुरलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

