कर सप्ताहअन्तर्गत विविध कार्यक्रम हुँदै

हेटौंडा– आन्तरिक राजस्व कार्यालय हेटौंडाले राष्ट्रिय कर दिवस तथा कर सप्ताह– २०८० को आयोजना गरेको छ। ‘स्वच्छ,पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ मंसिर १ देखि ७ गते सम्म कर सम्बन्धि विभिन्न कार्यक्रम आयोजना गरेको कर कार्यलयका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।

१२ औं राष्ट्रिय दिवस कर दिवस अन्तर्गत नै मंगलबार हेटौंडाको कर कार्यालयमा पत्रकार तथा कर कार्यालयका कर्मचारी बीच कर सम्बन्धि विविध अन्तरक्रिया तथा छालफल कार्यक्रम भएको थियो । कर कार्यालय हेटौंडाले चालू आर्थिक वर्षमा कर सम्बन्धि १ सय २१ पटक अनुसन्धान गरिसकेको कर अधिकृत भट्टराईले जानकारी दिए । कर दिवस यो वर्ष मात्र नभइ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइने गरेको समेत उनले जानकारी दिए ।

Advertisement:

कर कार्यालय मकवानपुरका कर अधिकृत गुणराज भण्डारीका अनुसार, मकवानपुर जिल्ला भित्र रहेका ४ लाख ६६ हजार ७३ जनसंख्या मध्ये प्यान बिल लिएका करदाताहरु १ लाख २ हजार ६ सय ८९ रहेका छन् ।आयकर तर्फ ३१ हजार ८ सय ५७ रहेका छन् भने मूल्य अभिवृद्धि करमा दर्ता गर्ने ५ हजार ५ सय ३१ रहेका छन् । त्यस्तै अन्तर शुल्क दर्तामा १ हजार ६ सय १६ फर्म रहेका छन् । निजी प्यान तर्फ ७० हजार १ सय ६४ गरी जम्मा १ लाख २ हजार ६ सय ८९ करदाता रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय कर दिवस अन्तर्गत मंसिर १ गते उद्योग बाणिज्य संघको समन्वयमा शुभकामना आदानप्रदान, ४ गते मनहरीमा कर दाता शिक्षा कार्यक्रम संचालन, ५ गते पत्रकार महासंघ मकवानपुरको समन्वयमा कर सम्बन्धि विविध अन्तरक्रिया तथा छलफल कार्यक्रम, ६ गते नेपाल अडिटर्स एसोसिएसन र उद्योग बाणिज्य संघको समन्वयमा विभिन्न ठाउँमा कर सचेतना कार्यक्रम र ७ गते उत्कृष्ट कर दाता पुरस्कृत तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गर्दै कर सप्ताह समापन गरिने कर अधिकृत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application