आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या



झापा – झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किनुभएको थियो । उनी   घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठीक थिएन् । घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन