बल्खु चोकबाट स्रोत नखुलेको अवैध रकमसहित दुई जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकबाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित दुई जनालाई आइतबार राति पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्कालाई पक्राउ गरेको हो ।

उनीहरुलाई ४ लाख ९ हजार रूपैयाँ नगद रकमसहित प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बा.प्र ०२–०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूको साथबाट सो परिमाणको नगद बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद