मिठाई उपभोगमा सजग रहन दाजुभाइ स्वीट्सको उपभोक्ताहरुलाई आग्रह

हेटौंडा, २४ कार्तिक / चाडपर्वको अवसरमा मानवस्वास्थ्यमा असर पार्ने मिठाईहरु पनि विक्री वितरण हुने गरेकाले यसप्रति सजग रहन उपभोक्ताहरुलाई हेटौंडामा रहेको एक मिठाई भण्डार सञ्चालकले आग्रह गरेका छन् । हेटौंडामा सञ्चालन हुदै आएको दाजुभाइ स्वस्ट्स एण्ड फास्टफुडले यस्तो आग्रह गरेको हो ।

नेपालीहरुको महत्वपूर्ण चाड दीपावली तथा छठ पर्व नजिकिएसँगै बजारमा विक्री वितरण हुने विभिन्न प्रकारका मिठाईहरु रङ्गीचङ्गी देखाई उपभोक्ताहरुलाई आकर्षित गर्ने विकृति बढेर गएको भन्दै यसप्रति सजग रहन आमउपभोक्ता हरुलाई आमसञ्चार माध्यम मार्फत हेटौंडामा सञ्चालनरत दाजुभाइ स्वीट्सले आग्रह गरेको छ ।

Advertisement:

तातोखबरसँग कुरा गर्दै दाजुभाइ स्वीट्स एण्ड फास्टफुड सञ्चालकमध्येका एक राजकुमार गौतमले चाडपर्वका लागि लागि लक्षित गरेर उत्पादन गरिएका बजारमा पाईने अखाद्य वस्तुहरुको मिश्रणबाट उत्पादित मिठाईहरुको प्रयोगबाट उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भएकोले यसप्रति निगरानी बढाउन सम्बन्धित निकायसँग अनुरोध समेत गरेका छन् ।

बजारमा विक्री वितरण हुने खाद्य रङ तथा अन्य अखाद्य वस्तुहरुको समेत मिश्रणबाट बढी लाभ लिने उद्देश्यले उत्पादन गरी साजसज्जा सहितको मिठाईले समग्र बजारलाई नै नकारात्मक असर पर्ने भएकाले मिठाई उत्पादक तथा विक्रेताहरुलाई यस्तो मानवस्वास्थ्यका लागि घातक खाद्य वस्तुहरुको विक्री वितरण नगर्न समेत आफूहरुको आग्रह रहेको सञ्चालक गौतम बताउँछन् । उनी भन्छन् ‘दाजुभाइ स्वीट्स एण्ड फास्टफुडको बजार हेटौँडामा मात्रै सीमित छैन । चितवन र काठमाडौंलगायतका शहरहरुमा पनि हाम्रो उत्पादनहरुको माग बढेर गएको छ । यदि हेटौंडाका अन्य मिठाई उत्पादकहरुले गुणस्तरहीन मिठाईको बिक्री वितरण गरेभने यसको गलत सन्देश जान सक्छ र हेटौंडाको मिठाईको बजार खुम्चिने खतरा बढेर जान्छ ।’

चाडपर्वका लागि मिठाई किन्न बजार आउने उपभोक्ताहरुलाई अघिल्ला चाडपर्वहरुमा प्रयोग गर्दाको अनुभवलाई पनि ख्याल गरेर मात्रै मिठाई खरिद गर्न सञ्चालक राजकुमार गौतमले सुझाव दिएका छन् । उत्पादित मिठाईहरु चाँडो नविग्रनका लागि विभिन्न केमिकलहरुको समेत प्रयोग गरिएका हुन सक्ने भएकोले यसप्रति पनि उपभोक्ताहरुले ध्यान दिनु पर्ने उनको भनाई रहेको छ ।

दाजुभाइ स्वीट्सका उत्पादनहरुको विषयमा तातोखबरले राखेको जिज्ञाषामा उनले भनेका छन् ‘हाम्रा उत्पादनहरु लामो समयसम्म प्रयोग गर्न सकिने गरी प्राकृतिक रुपमा नै उत्पादन गरिदै आएका छन् । हामी हाम्रो उत्पादनस्थलमा नै उपभोक्ताहरुलाई अवलोकन गरी प्रष्ट हुन आग्रह गर्दै आएका छौं । पैसाले सामान किन्न पाईन्छ तर सुस्वास्थ्य किन्न पाईदैन । त्यसैले स्वस्थ खानपानका लागि हामी सदैव उपभोक्ताहरुलाई आग्रह गर्दै आईरहेका छौं ।’

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका ६ मा सञ्चालनरत दाजुभाइ स्वीट्स एण्ड फाष्टफुडले हेटौंडाकै लोकप्रिय मिठाई भण्डारको रुपमा परिरिचत रहेको छ भने झण्डै ४ दर्जन जनशक्तिले यस व्यवसायबाट रोजगारको अवसर प्राप्त गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application