हत्यामा संलग्न रही फरार भएकी महिला पक्राउ

काठमाण्डौ – अछाममा भएको १८ वर्षीय युवक हत्यामा संलग्न रही फरार भएकी एक महिलालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा अछाम पञ्चदेवल बिनायक नगरपालिका–८ बस्ने ३० वर्षीया लक्ष्मी सुनार रहेकी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही कात्तिक १७ गते पञ्चदेवल बिनायक नगरपालिका–८ घर भएका १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या गरी फरार रहेकोमा सुनारलाई हिजो बुधवार काठमाण्डौ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकी सुनारलाई आवश्यक कानुनी कारबाहीको लागि आज जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस