स्राेत नखुलेकाे २६ लाख रुपैयाँसहित दुईजना पक्राउ

Pakrau

काठमाण्डाै – प्रहरीले स्राेत नखुलेकाे २६ लाख ५७ हजार रुपैयाँसहित काठमाण्डाैकाे इन्द्रचाेकबाट दुई जनालाई पक्राउ गरी आज बुधवार सार्वजनिक गरेकाे छ । प्रहरीले स्राेत नखुलेकाे पैसासहित दुई जनालाई मङ्गलवार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हाे ।

पक्राउ पर्नेमा बर्दियाकाे गेरुवा गाउँपालिका–२ घर भई अहिले काठमाण्डाै जडीबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाण्डाै महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

Advertisement:Pakrau

प्रहरी वृत्त जनसेवाबाट खटिएको टाेलीले सोडारीलाई त्याे रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । त्याे रकम अग्रवालबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application