गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला बन्ने पक्का पक्कि

मकवानपुर । अब गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला बन्ने पक्का पक्कि भएको छ ।
मंगलबार हेटौंडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको छ ।
उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूणर् जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निणर्य गरेको हो ।
बैठकको निणर्य अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजानीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार भरतपुर महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्वाव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निणर्य भएको छ।
निर्माण कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने बताए । उक्त लागत अनुमानको प्रदेश सरकारले ७०% र भरतपुर महानगरपालिकाले ३० % लगानी गरि निर्माण कार्य सम्पन्न गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस