लागूऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर – प्रहरीले अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट आइतबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुकरो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट लागूऔषध गाँजा १० किलोसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत बिहार राज्य मोतिहारी थानाआधापुर पोष्ट ग्राम औरया जमुनभार बस्ने वर्ष २२ को सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश जिल्ला प्रयागराज थानाफुलपुर पोष्टग्राम मिर्जापुर बस्ने वर्ष २४ को रजनिस सिंङ रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, आइतबार अपराह्न ४ः५० बजेको समयमा चितवनबाट विरगञ्जतर्फ जाँदै गरेको ना.६ ख ६७५४ नम्वरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार उनीहरुको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सदुला अन्सारीको साथबाट ५ किलो र रजनिस सिंङको साथबाट ५ किलो गाँजा बरामद गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीले पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

