करणी मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा कैद सजाय भई फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी बस्ने ३८ वर्षीय सागर नेपालीलाई पक्राउ गरिएको हो
जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा तत्कालीन पुनरावेदन अदालत बागलुङ (हाल उच्च अदालत पोखरा बागलुङ इजलास, बागलुङ) ले २०६८ साल चैत आठ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
अदालतको फैसलापछि फरार रहेका प्रतिवादी नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति गत कत्तिक १६ गते पिपलटारीबाटै पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित पर्वत जिल्ला अदालत पठाएपछि १६ गते नै जिल्ला कारागारमा चलान गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस