हेटौंडामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते



मकवानपुर । मकवानपरमा शनिबार अपराह्न मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन् ।

घाइते हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने श्रीकृष्ण पुरीको छोरा ५ वर्षीय रुप पुरी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको मनहरी –९ ज्यामिरेस्थित चितवनबाट हेटौंडातर्फ आउँदै गरेको भे ८ प ६७८५ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा ती बालक घाइते भएका हुन् ।

घाइते बालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बालकलाई ठक्कर दिने मोटरसाइकल चालक हाल फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद

तातोखबर, काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी

तातोखबर, काठमाडौं / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट