हेटौंडामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते
मकवानपुर । मकवानपरमा शनिबार अपराह्न मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन् ।
घाइते हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने श्रीकृष्ण पुरीको छोरा ५ वर्षीय रुप पुरी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको मनहरी –९ ज्यामिरेस्थित चितवनबाट हेटौंडातर्फ आउँदै गरेको भे ८ प ६७८५ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा ती बालक घाइते भएका हुन् ।
घाइते बालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बालकलाई ठक्कर दिने मोटरसाइकल चालक हाल फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

