कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

गलकोट (बागलुङ) १८ कात्तिक / कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ ।
उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मोटरसाइकलमा तीनजना सवार थिए । मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो । मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस