नेपाल परिसङ्घ युएनसीडीएफको ‘वेब प्लेटफर्म’मा आबद्ध

काठमाडौँ, १७ कात्तिक / संयुक्त राष्ट्रसङ्घ पूँजी विकास कोष (युएनसीडीएफ) को ‘अगोरा’ वेब प्लेटफर्ममा नेपाल उद्योग परिसङ्घ (सिएनआइ) आवद्ध भएको छ । लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न सो प्लेटफर्म मा खडा गरिएको हो ।
परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आबद्धतासम्बन्धी समझदारीपत्र आज आदानप्रदान गरे । अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसङ्घ नेपालको पहिलो संस्था हो ।
आगामी दिनमा परिसङ्घले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसङ्घले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । नेपालका उद्यमी एवं व्यवसायीहरूलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ ।
परिसङ्घका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसङ्घसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग हुने बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस