मेरो जिवनमा आएका उतारचढाव

दैलेखको दुर्गम अनि विकट गाउँ ।अनि खरले छाएको सानो झुपडी ।त्यही झुपडीमा जन्मिएका थियौ हामी दाजु बहिनी ।बाबा आमा अनि म र दाजु,धनले गरिब भएपनी मनले निक्कै खुसी र सुखी थियो हाम्रो परिवार।

दाइ र मेरा त्यस्ता कुनै चाहाना थिएनन् जो पूरा भएन भनेर दुखी हुनुपर्ने ।बाबाले बगरको बालुचालेर बेचेर भएपनी वा आमाले अर्काको जुठो भाडा माझेर भए पनि सन्ताका खुसी र चाहानालाइ पूरा गर्नु भएको थियो। हाम्रो घर धेरै शान्त थियो। बाबा आमा कहिले ठूलो स्वरले कराएको सम्म पनि सुनेनौ हामिले।सदावहार उतिकै मायाप्रेम अनि एकार्का प्रतिको सम्मान ।दाइ र मेरो बाल्यकाल निकै खुसिले बितेको थियो।कहिले भोकोपेट र दुखको महसुस गरेका थिएनौं हामिले।
अभाव के हो भन्ने हामिलाइ थाहै भएन।बाबा आमाले दिनरात मिहेनत गरेर हाम्रा लागि खुसी बटुल्निहुन्थ्यो।हामी दाजु बहिनी नजिकैको विद्यालयमा पढ्न जाने गर्थ्यौ। जीवन निक्कै हासी खुसी उकालो चड्दै थियो ।

Advertisement:

एक्कासि एकदिन हाम्रो परिवारमा पहाड खस्यो ।हामी विद्यालयबाट घर फर्कदै थियौं ।बाबाले आमालाइ डोकोमा हालेर अस्पताल तिर हतार हतार लादै हुनुहुन्थ्यो ।आमाको अवस्था देख्दा हामी आतियौ।बाबाले तिमिहरु घर जाउ भनी कराउदै छिटोछिटो जानू भयो। अस्पताल लगेको केही बेरमा आमाले हामिलाइ छोडेर सन्सारबाट बिदा लिनुभए छ।आमाले सन्सार छोडेको पिडा हामिलाइ भन्दा धेरै बाबालाइ परेको थियो।आमाले सन्सार छोडे संगै हाम्रो घरको खुसि उजाडियो।घरको खम्बा ढले जतिकै भयो हाम्रो लागि।एकछिनमा सबै सपनाहरु भताभुङ भए।उजाडियो हाम्रो खुसिको सन्सार।आमा बितेको महिना बित्यो, वर्ष बित्यो।आमासंगै हाम्रो घरको उज्यालो बत्ती निभ्यो।

वर्ष बितिसक्दा पनि हाम्रो अनुहारमा उज्यालो अनि घरमा खुसी छाउन सकेन ।आमा हुँदाका खुसिका पलहरु सपनिमा आए तर घरको दैलोमा फर्केर कहिले आएन। बाबा आमासंगको बिछोडले सुक्दै जानू भयो।सजिलै महसुस गर्न सक्ने भएको थिए बाबाको त्यो दुखलाइ मैले। समय यसैगरी दुख र पीडामा बितिरहेका थिए। आमा बित्नुभएको दुई वर्ष नबित्दै बाबाले पनि आफू सुतेको विस्तारामै प्राण त्याग्नु भयो।दाइ र मेरा लागि सन्सार सबै ढल्यो।हामी बाच्ने अब कुनै सहारा थिएन।या भनौ दाइ र म टुहुरा भयौ।ईश्वरलले पनि दुखी माथी झन दुख थपिदिने रहेछ ।निष्ठुरी लाग्यो दैव पनि पत्थर लाग्न लाग्यो त्यो मन्दिरमा पुज्ने मुर्ति पनि।
हाम्रो खुसिको सन्सार उजाडियो।हामिलाइ टुहुरा बनाइ छिनेर लग्यो। छिनमै हाम्रा सबै सपनाहरु भताभुङ बनाइदियो।

बाबा आमाले सन्सार छोडे देखि दिन जसोतसो कटाउथ्यौ तर रात परेपछि हामिलाइ निक्कै डर लाग्थ्यो।अनि दाइ र म एक अर्कालाइ समाएर निक्कै रुने गर्थ्यौ।कयौं रात भोकै सुत्यौ।छोडेर जानेले गएपनी आखिर बाच्नेले त मन बुझाएर बाच्नै पर्ने रहेछ।चाहेर पनि संगै जान नसकिने रहेछ।

हामिलाइ साथ दिने,सहयोग गर्ने र माया गर्ने कोहि रहेन सन्सारमा।घरमा जेजति थोरै रासन थियो सबै सकिए।दाइले बाबा आमा संगको विछोडलाइ भुलेर पीडाबाट बाहिर निस्कन सकेका थिएनन् ।त्यसपछी मेरो अध्ययन ९ कक्षा सम्मै पुगेर टुंगियो।मैले आमाले काम गर्नुहुने घरमा काम गर्न थाले।दाइ सधै झोक्राएर बस्ने केही कुराको वास्ता नगर्ने हुनुभयो। जिउदो लास झै भएर बस्ने गर्नु हुन्थ्यो सधै।म अरुको जुठो भाडा माझ्दै आफ्नो र दाइको जसोतसो ज्यान पाल्न थाले।एकदिन कामबाट अबेर घर फर्किएको थिए।दाइ कहिले कतै नजाने तर आज घरमा देखिन।दाइलाइ नदेखेपछी म सबै तिर खोज्न थाले। दाइ कतै नभेटेपछि म मध्ये राती घर आए।मलाइ दाइले पनि छोडेर जानू भयो भन्ने पिडाले रातै भरि सतायो।

विहानपख फेरि दाइलाइ खोज्न निस्किए। घरदेखि केही पर पुगेको थिए । एउटा सटरको पेटिमा सुतिरहेको भेटे। दाइलाइ त्यो अवस्थामा देख्दा आखामा आँसु रोकिएन। दाइ भए नजिक पुगे दाइको अवस्था देख्दा लाग्यो मानसिक रुपमै अस्वस्थ हुनुहुन्छ भन्ने।दाइलाइ घर ल्याए।तर उहाँ पहिल्य भन्दा धेरै फरक हुनुभयो ।दाइलाइ त्यस्तो अवस्थामा छोडेर मलाइ काममा जान मन लागेन।म दाइको हेरचाहमा घरमै व्यस्त हुन थाले।म के गरु के नगरु केही सोच्न सकेकी थिइन् ।काम गर्न नगएको पनि एक साता भैसकेको थियो।एकदिन मैले काम गर्ने घरको अन्टि मलाइ खोज्दै घर सम्म आइपुग्नु भए छ।उहाले मेरो घर आएर किन काममा आएनौ भनेर सोध्नु भएपछी मैले दाइको अवस्था बारे बताए। सबै सुनेपछि अन्टिले पिर नगर्न भन्दै सकेको सहयोग गर्ने कुरा गर्नु भयो र केही पैसा छोडेर जानू भयो।मलाइ केही दिनलाइ राहत मिल्यो।

केही दिनमा संस्थाका केही दाइ दिदिहरुलाइ लिएर आउनु भएको रहेछ।दाइको अवस्था झन दयनिय बन्दै गएको थियो। दाइलाइ अस्पताल लानु पर्छ , हामी सबै सहयोग गर्छौ भन्नू भयो।दाइलाइ अस्पताल लैजानु भयो ।दाइ बिस्तारै ठिक हुँदै जानू भयो , दाइलाइ भेट्न म समय समयमा अस्पताल गैरहन्थे ।त्यही संस्था मार्फत नै मलाई पढाइ दिनुभयो। मेरो मन हर्षित थियो।बिस्तारै बिद्यालय जान थाले पढ्न थाले।पढाई संगै मेरो काम गर्ने पनि चाहाना थियो केहि समयमा सन्स्था मार्फत नै काम पनि गर्न थाले ।मैले अब फेरि चाहेर पनि जिबनमा बाबा आमा संगै हुँदाको खुसी पाउने छैन । बाबा आमा गए संगै मेरा लागि सबै खुसी हराए। अब मात्र सन्सारमा बाच्नकै लागि केही गर्दै छु।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application