हात्तीको बंगारासहित दुईजना पक्राउ
काठमाडौं – झापा प्रहरीले हात्तीको बंगारासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ७ जरुवा टोलका ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।
सुरुमा प्रहरीले विश्वकर्माको घरमा हात्तीको बंगारा लुकाएर राखिएको सूचना पाएको थियो । गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेर एक केजी ७९० ग्राम तौल भएको हात्तीको बंगारा बरामद गरेको थियो ।
सोधपुछका क्रममा विश्वकर्माले शावा लिम्बुको घरबाट ल्याएर राखेको बताएपछि लिम्बुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आज जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

