आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै

मकवानपुर – आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदैछ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगत आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको हो ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम संचालन गर्दै आइरहेको थियो ।
तर, यस वर्ष भने दसैं परेका कारण पहिलो चरणको कार्यक्रम आज र भोलि संचालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
उक्त दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ
।
साथै १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि पनि खुवाइने छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस