हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुने

हेटाैंडा- हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव २०८० हुने भएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौको संयुक्त आयोजनामा हेटौंडा- १० स्थित टिसिएन खेल मैदानमा पुस ५ गते देखि १७ गते सम्म महोत्सव हुने बिहीबार पत्रकार सम्मेलन मार्फत आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हाे ।

समितिका अध्यक्ष वेष खड्कीका अनुसार यस महाेत्सव अन्यभन्दा केही फरक हुनेछ । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय खेलकुद प्रतियोगिता गरिनेछ । महोत्सवमा अवधिमा सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य, नृत्यसहित दैनिक रुपमा खेलकुद प्रतियोगिता हुने खड्कीले बताए ।

Advertisement:

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइल, खेलकुद सामाग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलकलगायत अन्य व्यवसायिक स्टलहरु राखिने राखिनुको साथै उत्कृष्ट बाल उद्दानसमेत राखिने खड्कीले जानकारी दिए । महोत्सवमा जुवाजन्य क्रियाकलाप तथा मादक पदार्थ बिक्री गर्न र सेवन गर्न पूर्णरुपमा निषेध गरिएको जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस् :