सरकारी नम्बरको बाइकमा भारतीय नम्बर राखेर चलाउने पक्राउ

रौतहट – सरकारी नम्बरको मोटरसाइकल (बाइक) मा भारतीय नम्बर राखेर चलाउने तीन जनालाई प्रहरीले बुधबार रौतहटबाट पक्राउ गरेको छ ।
फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमा भारतीय नम्बर राखेर चलाउने तीन जनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त मोटरसाइकल गौर नगरपालिका १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा चोरी भएको थियो ।
प्रहरीले आरोपीहरुको पहिचान भने खुलाएको छैन । पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस