परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटघाट

वासिङ्टन डिसी, १६ कात्तिक / परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ ।
भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गरेका थिए । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर रहेका छन् ।
सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री साउद हाल अमेरिकाको औपचारिक भ्रमणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस