प्रहरीद्वारा गोली प्रहार गरी लागूऔषध कारोबारी दुईजना पक्राउ



काठमाडौं – प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।

प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजिएपछि करिममाथि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ । उनको दाहिने तीघ्रामा गोली लागेको छ ।

उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ