हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको तयारी

हेटौंडा – हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको ५ करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो ।
अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा काम अघि बढाएको हो । केन्द्र र अस्पतालबिच सम्झौताअनुसार हाल मिर्गौला प्रत्यारोपणका लागि निर्मलीकरण र अपरेसन थिएटर स्थापनाको काम भइरहेको हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने उक्त रकम ठेक्कामार्फत् ५ करोड रुपैयाँमा काम गरेको थियो । टेन्डर मार्फत् अस्पतालमा २ वटा मोडुलर ओटी निर्माण गरिएको र आगामी मंसिरमा सो ओटीको काम सम्पन्न हुने उनले बताए ।
चालु आर्थिक वर्षमा प्रत्यारोपण सेवा सञ्चालन गर्ने उद्देश्यअनुसार काम गरिएको भएपनि प्रदेश सरकारबाट पर्याप्त मात्रामा बजेट प्राप्त हुन नसकेको उनको भनाई छ ।
चालु आर्थिक वर्षमा विभिन्न कामहरु गर्न थप ४ करोड रुपैयाँ आवश्यक हुने भएपनि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ मात्र प्राप्त भएको उनले बताए । यद्यपि, प्रत्यारोपण सेवा सुरु गर्नेतर्फ अस्पताल अग्रसर रहेको र बजेटका लागि पहल भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस