६ दिनदेखि बेपत्ता मकवानपुरका एक युवा मृत भेटिए



हेटौंडा – मकवानपुरमा ६ दिनदेखि बेपत्ता एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं.३० बर्षीय टेक बहादुर प्रजा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रजा गत कार्तिक ७ गते मंगलबार घरबाट आफु खशी निस्किएका थिए । उनी घर नजिकैको कागबेली सामुदायीक वनमा सालको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

घास दाउरा काट्न गएका स्थानीयहरुले प्रजालाई सलको रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको