NTC App - Ad

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमान अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement:

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :