सभामुखबाट बडादसैँको शुभकामना



dev-raj-ghimire-speeker-of-the-parliment

काठमाडौँ, ७ कात्तिक / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । “उमङ्गमय वातावरणमा देश परदेश गएका आफन्तको मिलनले नाता सम्बन्धलाई गाढा र न्यानो बनाउने भएकाले दसैँको विशेष सांस्कृतिक महत्व रहिआएको छ, दसैँलाई सांस्कृतिक महत्त्वको चाडको रुपमा विकास गरी पर्वको गरिमा वृद्धि हुने गरी मनाउन अपील गर्दछु”, सभामुख घिमिरेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्र्दै उहाँले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्तिका रुपमा रहेका बताउनुभएको छ । विभिन्न जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन नेपालीको पहिचान भएको सन्देशमा उल्लेख छ ।

चाडबाडमा भड्किलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले वडादसैँले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“संस्कृति परिवर्तनशील विषय हो, कतिपय परम्परालाई परिवर्तन एवं सुधार गर्दा कुनै जाति वा समुदायको आफ्नो सांस्कृतिक परम्परा लोप हुन सक्छ”, शुभकामना सन्देशमा सभामुख घिमिरेले भन्नुभएको छ, “तसर्थ, हाम्रा नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रोत्साहित गर्दै जानु अहिलेको प्रमुख आवश्यकता हो ।”



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ