विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डकासामु २८५ रनको लक्ष्य



England’s Joe Root celebrates the wicket of Afghanistan’s captain Hashimatullah Shahidi with teammates during the ICC Men’s Cricket World Cup match between Afghanistan and England in New Delhi, India, Sunday, Oct. 15, 2023. (AP Photo/Manish Swarup)

काठमाडौँ, २८ असोज / आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डसामु जितका लागि दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो ।

क्रिकेट सम्बन्धिको वेभसाइट इएसपीएन क्रिकइन्फो डट कमका अनुसार अफगानिस्तानका लागि रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । उनले ५७ बलमा आठ चौका र चार छक्का हाने । गुरबाज र इब्राहिम जद्रानले एक सय १४ रनको साझेदारी गरे । यस क्रममा इब्राहिमले २८ रन जोडे । यस्तै इक्रम अलीखिलले ५८ रन बनाए । उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

यस्तै मुजिब उर रहमानले २८ रन बनाए । उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने । राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक एक विकेट लिए । अहिले इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ