३४ हजारभन्दा बढीलाई खोप लगाईएपछि खोपपूर्ण प्रदेश घोषणा भयो कर्णाली प्रदेश

सुर्खेत, २६ असोज / ३४ हजार छ सय ७१ बालबालिकालाई खोप लगाईएपछि कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा गरिएको छ । पूर्णखोप प्रदेशका रुपमा कर्णाली प्रदेश चौथो प्रदेश घोषित भएको हो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा गरे । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा पूर्णखोप प्रदेश घोषणा गरियो ।

Advertisement:

कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा गर्दै सिङ्गो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताईन् ।

अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएपछि कर्णालीका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा रविन खड्काले जानकारी दिए । उनले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताए ।

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application