आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

नुवाकोट – आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा रसुवामा तीन जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आलु बोकेको आइचर मिनिट्रक सोमबार राती दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।
नेसिङबाट ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर मिनिट्रक कच्ची सडकवाट दुई सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए। दुर्घटनामा आमाछोदिङ्मो–२ का ३० वर्षीय फुर्पुछोवाङ तामाङ‚३९ वर्षीया पेमाडोल्मा तामाङ र ३२ वर्षीय अक्कलबहादुर तामाङको मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए।
दुर्घटनामा चालकसहित मिनिट्रकमा यात्रारत ५ जना घाइते भएका छन्। आमाछोदिङ्मो–२ का ३६ वर्षीय दावातेम्वा तामाङ, २० वर्षीय फुलदर्के तामाङ, ३५ वर्षीय अविनाश तामाङ, २६ वर्षीय लाङदोङ तामाङ र २५ वर्षीय सानुकान्छा तामाङ घाइते भएको बुढाथोकीले बताए।
उनका अनुसार गाडी ओभरलोड भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस