मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, चारस्थानमा हेल्प डेस्क स्थापना

मकवानपुर – प्रहरीले नजिकिँदै गरेको विभिन्न चाडपर्व लक्षित गरी सुरक्षा योजना लागू गरेको छ । आइतबारबाट प्रहरीले चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट, ठगी तथा सवारी दुर्घटनालगायतको गतिविधि रोक्न मकवानपुर जिल्लामा सुरक्षा योजना लागू गरेको हो ।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार अघिल्ला वर्षको चाडपर्वमा भएको घटनालाई मध्यनजर गरेर यसवर्षको सुरक्षा योजना बनाइएको हो । ‘सवारी दुर्घटना, जुवातास नियन्त्रण, मादक पदार्थ सेवनबाट हुने झैझगडालाई हामी विशेष निगरानी गर्नेछौं ।’, उनले तीनवटै चाडपर्व कुनैपनि अपराधविनै सम्पन्न गर्ने गरी सुरक्षा योजना लागू गरिएको दावीगरे ।
यात्रुको सहजताका हेटौंडा बजारभर चार स्थानमा ‘नागरिक सहायत कक्ष’ स्थापना गरिएको उनले बताए । मधेश र वाग्मती प्रदेशको सीमाना जोडिएको हेटौंडा–१५, रातोमाटेमा विशेष चेकजाँच, हेटौंडा–११, थानाभर्याङमा सवारी चालकलाई रिफ्रेस र परिवर्तन भए नभएको हेर्ने गरी डेस्क स्थापना, हेटौंडा–१ स्थित त्रिभुवनराजपथमा सुमोका यात्रुलाई सहजता प्रदान गर्ने गरी र हेटौंडा–१०, बसपार्कमा यात्रुबाहक सवारीको परीक्षण गर्ने प्रहरीको योजना छ ।
‘शान्तिपुर्णरुपमा चाडपर्व मनाउनका लागि हामीले २४ सैं घण्टा परिचालन हुने गरी प्रहरी निरीक्षकको कमाण्डमा डेडिकेटेड समूह बनाएका छौं ।’, रिजालले यस सुरक्षा योजनाअन्तर्गत् आठसय १७ जना प्रहरी परिचालन हुने बताए । ‘सुरक्षा योजनाका लागि हाम्रो जिल्लामा रहेको संख्याभन्दा ६४ जना प्रहरी अपुग छ । हामीले माथिल्लो मातहतको कार्यालयसँग माग गरेका छौं । ३२ जना थप प्राप्त पनि भइसकेको छ ।’, उनले रात्रिकालिन सुरक्षाका लागि पाँच स्थान बेस बनाइएको बताए ।
‘सवारी लुटपाट रोक्नका लागि यात्रुबाहक बसमै हतियारसहित प्रहरी परिचालन गरिने’, प्रहरी सुरक्षा योजना अनुसार बजार अनुगमन, मठमन्दिर तथा धेरै आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस