कर्णाली नदीमा खसेर एक जना बेपत्ता
हुम्ला — तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् ।
तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काले बताए ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भीरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार साँझ ६ बजे नेपाली तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको गुल्मपति सेनानी खड्काले बताए ।
काम सकेर बासस्थानका लागि हिँडेका नेपाली तुइन तर्ने क्रममा डोरी चुँडिएर बेपत्ता भएपछि सडकमा काम गर्ने कामदार, नेपाली सेना र स्थानीयले कर्णाली नदीमा खोजी गरे पनि बेपता नेपाली फेला नपरे पछि आइतबार बिहानैबाट खोजी कार्यमा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल प्रहरी कार्यालय सर्केगाडबाट टाढा भएको र राति परेकाले प्रहरी आइतबार बिहान मात्रै घटनास्थल पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

