भिजिट भिसाको आवरणमा कामका लागि जानेको सङ्ख्या बढ्दै
भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ ।
नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका लागि विदेश जान रोक लगाएको छ । तर पनि भिजिट भिसाको आवरणमा कामका लागि विदेश जानेको सङ्ख्या बढ्दै गएको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार वैदेशिक रोजगारीका नाममा विभिन्न गिरोहले बेचबिखन गर्ने उद्देश्यले नक्कली भिजिट भिसामा दुबईलगायतका देश पठाउने गरेका छन् । उनले भने, ुवैदेशिक रोजगारीमा भिजिट भिसामा जानु हुँदैन । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिस बेचबिखनमा पनि परेका छन ।ु भिजिट भिसामा विदेश गएर काम गर्दा धेरैले दुःख पाएको पंगेनीले बताए ।
मानव तस्करले मिलेमतोमा भिजिट भिसाको आवरणमा दिनहुँजसो नेपाली युवालाई दुबई, कतार, साउदी अरेबिया, कुबेतलगायत मुलुकमा पठाइरहेका छन् । भिजिट भिसामा खाडी मुलुक पुगेका नेपाली कामका लागि लुकेर बस्ने गरेको पंगेनीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे
-
२.
सुनको भाउमा दैनिक नयाँ कीर्तिमान बन्दै : आज फेरी ६ सय रुपैयाँले बढ्यो
-
३.
विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने
-
४.
अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप
-
५.
साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै