न्युरेनीबासीकाे समस्या सुन्दै प्रहरी

मकवानपुर – हेटौंडा-१०का स्थानीय वासिन्दाहरुमा परेका समस्याहरुबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले प्रत्यक्षरुपमा जानकारी लिएका छन् । हेटौंडा- १० स्थित न्युरेनी आमा समूहसंग दसैं नजिकिदै गर्दा हुने चोरीका घटनाहरु बारे एसपी रिजालले प्रत्यक्षदरुपमा जानकारी लिएका हुन् ।
आमा समूहका महिलाहरुले आफ्ना गुनासाहरु राख्दै न्युरेनिमा बढिजसो चोरीका घटनाहरु हुने गरेको बताएका छन् । दिउँसो मोबाइल चार्जमा राखेको बेला चार्ज गरेकै ठाउँबाट चोरीका घटनाहरु हुने गरेको बताएका थिए। दिनदहाडै चोरीका घटनाहरु बढ्दै गर्दा स्थानीयवासिमा अझै धेरै डरत्रास भएको बताउदै सुरक्षा व्यवस्था कडा गर्न आग्रह समेत गरेका थिए।केहिसमय अघि चोरी धेरै बढेकाले स्थानीयवासी नै गस्ती गर्न बसेको जस्ता गुनासाहरु राखेका थिए।
एसपी रिजालले गुनासाहरु सुनेपस्चात सुरक्षा व्यवस्था अझै राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीयवासिमा अब आउने समस्या १० नम्बर सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयलाई तत्काल खबर गर्न आग्रह गरेका थिए। श्रोत गोप्य राखेर आवश्यक अनुसन्धान अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
दसैं नजिकिदै गर्दा बढ्ने चोरीका घटनालाइ न्यूनीकरण गर्न १0 नम्बर वडामा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस