मनहरीमा ट्याङकरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

हेटौंडा – मकवानपुरको मनहरीमा ट्याङकरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।
बिहिबार साँझ पुर्व-पश्चिम सडक खण्डमा अन्तर्गत मकवानपुर मनहरी- ८ ज्यामिरेमा हेटौडाबाट चितवन तर्फ आउदै गरेको बागमती प्रदेश-०६-००१ख ०१२० नम्बरको तेल ट्याङकरले बाटो काट्दै गरेका पैदल यात्री मनहरी-७ का अन्दाजी ५०/५२ वर्षका बिष्णुहरी पराजुलिलाई ठक्कर दिएको हो। ठक्करबाट पराजुलीको टाउको, खुट्टा र हात चोट रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।
उपचारको लागि मनहरी अस्पताल ल्याईएकोमा पराजुलीको थप उपचारको लागि चितवन तर्फ पठाएको जनाइएको छ । ठक्कर दिने ट्याङकर र ट्याङकर चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस