प्रधानसेनापति र बेलायतका राजदुत वीच भेट

१८ असोज, काठमाडौं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि बेलायतका राजदूत रोब फेन्नबिच शिष्टाचार भेटघाट वार्ता भएको छ ।
जङ्गीअड्ड स्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका साथै प्रधान सेनापतिको आसन्न बेलायत भ्रमणका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा संयुक्त अधिराज्यका Chief of the General Staff, General Sir Patrick Sanders KCB, CBE, DSO, ADC Gen को औपचारिक निमन्त्रणामा मिति २०८० आश्विन २१ गतेदेखि आश्विन २६ गतेसम्म ६ दिवसीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस