मकवानपुरमा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुर – बकैया गाउँपालिकामा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्यांकरचालक हेटौँडा उपमहानगरपालिका– ९ का ३४ वर्षीय सिद्धान्त लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ।
यस्तै, ट्यांकरका सहचालक धादिङको गजुरी गाउँपालिकाका प्रेम अधिकारी घाइते भएका छन्। उनको दाहिने खुट्टा घुँडामुनि भाँचिएकाे बताइएको छ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार पालिकाको वडा नम्बर ५ तिनलेस्थित धरान–चतरा सडकखण्डमा बा.१घ ५४४ नम्बरको दूध बोक्ने ट्यांकर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लामाको मृत्यु भएको हो।
प्रवक्ता भण्डारीले हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको उक्त दूध बोक्ने खाली ट्यांकर आफैँ अनियन्त्रित भई रोडबाट अन्दाजी एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस