तनहुँमा २५६औँ सिन्धुलीगढी विजयोत्सव सम्पन्न



१६ असोज, काठमाडौं । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले तनहुँको शुक्लागण्डकी नगरपालिका– १२, ढोर जसपुरमा २५६औँ सिन्धुलीगढी विजयोत्सव मनाएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले सिन्धुलीगढीमा नेपाली (गोर्खाली) फौजले अंग्रेजलाई पराजित गरेको घटना नेपालको इतिहासकै सबैभन्दा महत्वपूर्ण घटना भएको भन्दै त्यस्तो विशेष योगदान दिएका ऐतिहासिक व्यक्तित्वलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनु भयो । ऐतिहासिक व्यक्तित्व गुरुङको सन्तान रहेको जसपुरको विकासका लागि आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर बिकले नगरपालिकाको पहिलो मेयर किसान गुरुङ वंशु गुरुङकै सन्तान रहेको स्मरण गर्दै जसपुर र वंशु गुरुङ स्मृतिस्थलको विकासका लागि सक्दो पहल गर्ने बताउनुभयो । वंशु गुरुङको इतिहास खोजीका अभियन्ता अग्रज पत्रकार डण्ड गुरुङले सिन्धुलीगढी विजयोत्सवको कार्यक्रम सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानले नभई नगरपालिकाले नै अपनत्व ग्रहण गरेर मनाउनु पर्ने बताउनु भयो ।

सिकारी सरदार वंशु गुरुङ सिन्धुलीगढी युद्धका एक मुख्य नायक हुन् । वि.सं. १८२४ को असोज १५ गते सिन्धुलीगढीमा कप्तान किनलकको नेतृत्वमा रहेको अंंग्रेज सेनालाई गोर्खाली सेनाले पराजित गरेको थियो । त्यसअघि अंंग्रेज फौज विश्वमा कहीँ पनि पराजित भएको थिएन ।

कार्यक्रममा वंशु गुरुङ स्मृतिग्रन्थ प्रकाशनमा विशेष योगदान दिएको भन्दै डण्ड गुरुङ र मनिराज गुरुङलाई सम्मान गरिएको थियो । प्रतिष्ठानको वेवपोर्टल पनि सार्वजनिक गरिएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीगढीमा पनि विजयोत्सवको कार्यक्रम अन्तर्गत नागरिकस्तरमा सिन्धुलीगढी सम्पदा यात्रा आयोजना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन