भारतविरुद्ध सोमपालले दिलाए दोस्रो सफलता

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलाएका हुन् ।
१२औं ओभर बलिङका लागि आएका सोमपालले चौथो बलमा भारतका तिलक वर्मालाई बोल्ड गरे । वर्मा दुई रन बनाएर आउट भए ।
जारी खेलको ११.५ ओभर समाप्त हुँदा भारतले दुई विकेट गुमाएर १११ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका यशस्वी जयसवाल ७९ रन र जितेश शर्मा शून्यमाा खेलिरहेका छन् ।
नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो । भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धाको अवसर पाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस