सवारी साधनको ठक्करबाट घाइते पुरुषको मृत्यु

हेटौंडा – मकवानपुरको हेटौँडामा आइतबार राति अज्ञात सवारीको ठक्करबाट घाइते एकजना पुरुषको मृत्यु भएको छ ।
जिल्ला मकवानपुर प्रहरी कार्यलय मकवानपुरका अनुसार अन्दाजी ४०÷४५ बर्षका ती पुरुषको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।
आइतबार राति हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ नारायणी पेट्रोलपम्प अगाडी नम्बर नखुलेको सवारी साधनले ती पुरुषलाई ठक्कर दिएर भागेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
गम्भिर अवस्थामा उद्धार गरी उपचारका लागी हेटौँडा अस्पताल पु¥याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । प्रवक्ता भण्डारीले ठक्कर दिने सवारी साधनको पहिचान गर्ने काम र खोजी कार्य भइरहको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस