माल्टाबाट पोर्चुगल छिर्न खोज्दा आठ नेपाली पक्राउ
दोहा – माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् । आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर र भिजा स्ट्याम्पिङ डकुमेन्ट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभागको अनुसन्धानबाट पक्राउ परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ ।
माल्टाको एयरपोर्ट अध्यागमन विभागले पक्राउ परेका नेपालीलाई हाल माल्टाको साफी डिटेन्सन सेन्टरमा नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको एनआरएनएले जनाएको छ । माल्टा आएर काम नगरी सेङ्गिङ कन्ट्रिज अथवा अन्य मुलुकतर्फ जान खोज्नेहरूलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियान नै चलाएको जनाएको छ ।
त्यसैले पूर्ण कागजात र रोजगारदाताको स्वीकृतिबिना यो परिवेशको निर्णय नलिन सम्पूर्ण माल्टा एवं गोजोबासी नेपालीमा एनआरएनएले अनुरोध गरेको छ । एनआरएनएसँग पूर्ण डक कटा बेस हुँदाहुँदै पनि व्यक्तिगत गोपनीयताका कारण कसैको पनि नाम प्रकाशित नगरिएको जनाएको छ ।
पक्राउ परेका आठ जनामध्ये कतिपयले स्वयं वकिल लगाएर कानुनी प्रक्रियाबाट अघि बढ्ने निर्णय गरेका छन् भने अन्य केहीलाई माल्टाले डिपोर्ट गर्ने तयारी थालेको बताइएको छ । पक्राउ परेकामा पाँच जना पुरुष र तीन जना महिला रहेका छन् ।
यस्तै, विविधि मामला र अवैध अवस्थामा परेका नेपालीका लागि परामर्श दिने हेतुले एनआरएनएको कार्यालय प्रत्येक दिन खुला रहने जनाएको छ । पछिल्लो समय दुबईबाट माल्टा जाने क्रम बढेको र त्यहाँबाट पनि पोर्चुगल, पोल्यान्डलगायतका देशमा गैरकानुनी तरिकाले नेपाली जाने क्रम बढेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

