जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर

मकवानपुर – अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ ।
प्रदर्शनीमा थाहा नगरका जेष्ठ नागरिकका ७ वटा तस्बिर राखिएको थियो ।थाहानगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका सात तस्बिर सहित देशभरका ४० जना फोटोपत्रकारले खिचेका ६२ वटा तस्बिर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।
“सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिष्वब्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिएको कार्यक्रम संयोजक गणेश बिष्टले बताए।
कार्यक्रम संयोजक बिष्टले प्रदर्शनीको १० हजार भन्दा बढीले अबलोकन गरेको बताए।
प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका प्रमुख चिरीबाबु महर्जनले राज्यले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताए ।
हाल बिश्वमा जेष्ठ नागरिकहरुको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिएको कार्यक्रम संयोजक गणेश बिष्टले बताए ।
यस्ता तस्बिर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठ नागरिकहरुको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता, दुःखीपन कमगर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले बताए।
जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिएको र प्रदर्शनीमा राखिएका तस्बिरहरुले हालको पुस्तामा उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने पुग्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गाैतम( चट्याङ माष्टर) एजिङ नेपालमा निर्देशक प्रकाश गाैतम, राष्ट्रिय फाेटाे पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्त, कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।
राष्ट्रिय फोटो पत्रकार समूहले बिभिन्न संघ संस्थासंगको समन्वयमा बालबालिका तथा पर्यटन प्रवद्र्धनका फोटोहरु प्रदर्शन गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघको नेतृत्वमा अक्टोबर १ मा बिश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो भने एजिङ नेपाल जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्दै आएको गैरसरकारी संस्था हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस