आजदेखि सोह्र श्राद्ध सुरु



मकवानपुर – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात सोह्रश्राद्ध आज (शनिबार) देखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने गर्दछ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको पनि विश्वास छ ।

१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद