५ दिने भारत भ्रमण पछि प्रधानसेनापति स्वदेश फर्किए

१२ असोज, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवशीय भारत भ्रमण सम्पन्न गरी बिहिबार अपराहन्न स्वदेश फर्केका छन् ।
भारतको नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको Indo–Pacific Armies Chiefs Conference (IPACC ) लगायतका कार्यक्रमहरुको सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । नयाँ दिल्लीमा रहँदा प्रधान सेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरुका साथै भारतका चीफ अफ डिफेन्स स्टाफ (CDS) सँग बेग्लाबेग्लै भेटघाट गरेका छन् ।
प्रधान सेनापति शर्माले नयाँ दिल्ली स्थित National Defense College को भ्रमण गरेका थिए । भ्रमणका क्रममा बिभिन्न मित्रराष्ट्रका समकक्षी लगायतका पदाधिकारीहरुसँगको अन्तर्क्रिरयाबाट मानवीय सुरक्षा लगायतका साझा चासोका बिषयहरुमा अनुभवहरुको आदानप्रदान गर्ने अवसर प्राप्त भएको प्रधानसेनापति शर्माको दाबी छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस