तत्काल सरकार फेरबदल नहुनेमा एमाले अध्यक्षको स्पष्टोक्ति

विराटनगर, १२ असोज / बर्तमान गठबन्धन सरकार जिम्मेवार नबनी सुखै नभएको र एमाले तत्काल सरकारमा नजाने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठहर गरेका छन् । विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

प्रमुख जिम्मेवार पार्टी जिम्मेबार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने टिप्पणी भन्दै पूर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष ओलीले ओलीले एमाले र नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको बताए । वर्तमान गठबन्धन सरकारले देश र जनताको हितको केही कार्य नगरेकामा पनि उनले आपत्ति जनाए ।

Advertisement:

कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको चर्चा गर्दै मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । कोशी प्रदेशमा मध्यावधि निर्वाचन भएमा एमालेले बहुमत ल्याउने पनि पूर्व प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस् :