आज अन्तराष्ट्रिय रेबिज विरुद्धको दिवस

११ असोज, काठमाडौं । १७ औं विश्व ‘रेबिज विरुद्धको दिवस’ नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रमहरु गरी मनाइदै छ ।

हरेक बर्ष सेप्टेम्वर २८ का दिन विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।

Advertisement:

सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना पनि गर्ने गरिन्छ । यस वर्षको ’रेविज विरुद्धको दिवस’को नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ ।

नेपालमा करिब दुई सय बिरामीको रेबिजका कारण बर्षेनी मृत्यु हुने तथ्यांकल छ ।

प्रतिक्रिया दिनुहोस् :