प्रधानमन्त्री पुष्पकमल दाहाल आज कैलाश पर्वत र मानसरोवर जाने

११ असोज, काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने कार्यक्रम छ ।
मानसरोवर र कैलाश पर्वत भ्रमणका लागि प्रधानमन्त्री दाहाल हिजो तिब्बतको ल्हासा पुगेका हुन् ।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि आज विहानै ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
कैलाश पर्वत र मानसरोवरको यात्राका क्रममा चीन भ्रमण दलमा रहेका सदस्यहरू पनि सँगै रहने छन् ।
प्रधानमन्त्री दाहालले हिजो ल्हासामा विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाल अमेरिकाको भ्रमण सम्पन्न गरी गत शनिबार चीन पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस