आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घकाे आह्वान

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ ।
महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताउनुभयो । आणविक हतियार हटाएर मानवीय प्रकोपलाई मुक्त गर्न सकिने उहाँकाे भनाइ छ ।
महासचिव गुटेरेसले अहिले चिन्ताको विषय हतियारको दौड भएको उल्लेख गर्नुभयाे । आणविक हतियार धेरै भएका देशलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न उहाँले आह्वान गर्नुभयो । उहाँले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गर्नुभयो ।
गुटेरेसले आणविक हतियार नियन्त्रणका लागि मानिसहरू बढी जिम्मेवार हुनुपर्नेमा जाेड दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस