‘सङ्घीयताको सफल कार्यान्वयन गर्न प्रदेश र पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्छ’
मोरङ, ९ असोज / नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।
पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारले प्रदेश र पालिकालाई आफूसँग रहेको अधिकार प्रत्यायोजन गरेमा मात्र सही अर्थमा सङ्घीयताको मर्म लागू हुने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेले मुलुकमा आर्थिक चलायमान गर्नका लागि सरकारले विकास निर्माणमार्फत पूँजीगत रकम खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।
एक प्रश्नको जवाफमा उहाँले सुन तस्करी, भुटानी शरणार्थी र ललिता निवासजस्ता आपराधिक कार्यको छानबिन सम्बन्धित निकायबाट छिनोफानो गरेमा सत्यतथ्य सार्वजनिक हुने विचार राख्नुभयो । अध्यक्ष बिजुक्छेले समाजमा साम्प्रदायिक सद्भाव कायम गर्न एक अर्काले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीको सङ्गठन विस्तारका लागि तराई, पहाड र हिमालका घरघरमा कार्यकर्ताले विधारधारा पु¥याउने कार्य अहिलेदेखि सुरु गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

