एक वर्षमै एक सयभन्दा बढीको वीमा, वीमा अभिकर्ताको कमाई मासिक एक लाखसम्म

पालुङ, ०९ असोज / बीमा कम्पनी एल.आई.सी नेपालको एउटा स्थानीय शाखाका एक बीमा अभिकर्ता एक वर्षमै एक सयभन्दा बढी वीमित बनाएर शतकवीर बन्न सफल भएका छन् । एलआईसी नेपाल मकवानपुर जिल्लाको पालुङ्ग शाखामा सबद्ध वीमा अभिकर्ताले यो सफलता प्राप्त गरेका हुन् ।

थाहा नगरपालिका वडा नं. ३ मा बसोबास गर्दै आएका युगशेर विष्टले एकै वर्षमा एक सयभन्दा बढी व्यक्तिहरुको वीमा गराएर एल.आई.सी नेपाल सेन्चुरियन अभिकर्ता बन्न सफल भएको उक्त शाखा प्रमूख विकल्पप्रसाद बजगाईले जानकारी दिएका छन् । एलआईसी नेपालका पालुङ्ग शाखाका व्यवस्थापक बजगाईका अनुसार विगतका दिनमा विभिन्न व्यवसाय वा पेशा अपनाउँदा पनि सफल हुन नसकेका बीमा अभिकर्ता युगशेर बिष्ट वीमा अभिकर्ताका रुपमा काम गर्दै हाल मासिक ६० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सफल भएका हुन् ।

Advertisement:


उत्तरी मकवानपुरमा समाजसेवी छवी भएको परिवारका सदस्य युगशेर विष्टका बुबा लामो कार्यकालका लागि दामन गाउँपञ्चायतको प्रधानपञ्च र भाई लवशेर विष्ट थाहा नगरपालिकाका मेयर थिए । सामिजिक ब्यक्तित्वका रुपमा परिचित रहेका युगशेर विष्ट पनि नागरिकको आर्थिक सुरक्षाका लागि बीमा उत्कृष्ठ प्रणाली भएकै कारण अरुलाई यसतर्फ झुकाव बढाउनका लागि आफूले बीमा अभिकर्ताको रुपमा काम गरेको बताउँछन् ।

समाजसेवी युगशेर विष्ट यो पेशामा आउनुको कारणबारे भन्छन् ‘आफुमात्रै नभई बीमा जस्तो उत्कृष्ट कार्यमा रोजगारका लागि अवसरको खोजीमा रहेका पढेलेखेका युवाहरु पनि समेट्न मन लाग्यो र म एजेन्सी मेनेजरका रुपमा हाल पालुङ शाखाबाट नयाँ ढङ्गले अगाडि बढ्दै छु । म एलआईसी नेपाल पालुङ शाखाको अहिलेसम्मकै पहिलो शतकवीर अभिकर्ता र चेयरमेन अभिकर्ताको पदवी पाउन सफल भएको छु । यसमा मलाई गौरव महशुस भएको छ । यो एउटा नमूना उपलब्धी हो र यसबाट अरुले पनि बीमा अभिकर्ता भएर काम गर्न हौसला प्राप्त गर्न सक्छन् ।’

एल.आई.सी. नेपालको पालुङ शाखा खुलेपछि मार्केटिङ्गको क्रममा युगशेर विष्टका छोरा दीपशेर बिष्ट उक्त बीमा कम्पनीको बीमा अभिकर्ता बन्न पुगेका भएपनि १ बर्षसम्म पालुङ्ग शाखामा उनको कुनैपनि बीमा पास हुन नसकेको र छोरालाई यहि पेशामा स्थापित गराउन युगशेर विष्ट आफैंले बीमा अभिकर्ताको अभ्यास शुरु गरेको बताउँछन् । उनी भन्छन् ‘छोरा दीपशेरले बीमा अभिकर्ताको तालिम लिएर काम शुरु गर्दा एक वर्षसम्म एउटा पनि बीमा पास गर्न नसकेको कारणको बारेमा अध्ययन गर्न म आफैं शाखाको सम्पर्कमा गएको थिएँ । शाखा छिरेर शाखा प्रमुख बिकल्पप्रसाद बजगाईसँगको पहिलो भेट पश्चात् शाखा प्रमुखकै सल्लाहअनुसार छोराकै नाममा काम गर्न उत्प्रेरित भएर काम सुरु गरेँ । पहिलो बर्षमा नै मलाई शतकवीर (१०० भन्दा बढी) बीमा पास गराउन सफलता मिल्यो ।’

जीवन बीमा एक सेवा मुलक काम पनि भएको र थाहा नगरको सम्पूर्ण बासिन्दाहरु आफ्नो आम्दानीअनुसारको जीवन बीमा गरी आफ्नो र आफ्नो परिवारको आर्थिक भबिष्य सुरक्षित गर्नुपर्नेमा शतकवीर बीमाअभिकर्ता विष्ट जोड दिन्छन् । जीवन बीमा सामान्यतया बचत तथा सुरक्षा भएको र सबै जनाले बीमा गर्नु अनिवार्य भएको पनि उनको बुझाई रहेको छ ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ३ निवासी युगशेर विष्टसँग वि.सं. २०४१ सालदेखि नेपाल युवक संगठनको महेन्द्र युथ होस्टलमा करिव ३ वर्ष, यु.एन. पार्कमा ३ वर्ष र व्यपार प्रबद्र्धन केन्द्रमा ६ वर्ष जति स्टाबक्स प्रोजेक्टमा छालासम्बन्धी काम गरको अनुभव छ । त्यस्तै उनले वि.स. २०५२ सालमा ‘आफ्नै गाउँ आफ्नै ठाउँ पालुङ्ग फर्किएर गाउँमा वभिन्न सामाजिक सेवामूलक काम गर्दै वि.सं.२०६० दशकको शुरुतिर हार्डवेयर व्यवसाय सञ्चालन गरेका थिए ।

उक्त व्यवसायमा सन्तोषजनक सफलता हात नपरेपछि, ब्यावसायिक कृषितिर पनि संलग्न रहेर आर्थिक गतिविधिमा जोडिएका उनी एल.आई.सी नेपालको शाखा पालुङमा खुलेपछि आफ्नो छोरालाई यहि पेशामा संलग्न गराएर सफल बनाउने उद्देश्यका साथ एलआईसी नेपाल बीमा कम्पनीमा बीमा अभिकर्ताका रुपमा संलग्न भएका हुन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application