एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले हरायो

तातोखबर/ ला लिगा अन्तर्गत म्याड्रिड डर्बी एटलेटिकोले रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटाले २ गोल गरे भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका थिए । त्यसैगरी रियल म्याड्रिडका लागि टोनी क्रुजले एक गोल गरेका थिए ।
यो एटलेटिको म्याड्रिडको यस सिजनमा तेस्रो जित हो । यो जितपछि ५ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी रियल म्याड्रिडको भने यस सिजनमा यो पहिलो हार हो । ६ खेलमा १५ अंक भएको रियल म्याड्रिड यो हारपछि लिगमा तेस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस