बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हरायो

तातोखबर, म्याड्रिड। स्पेनिस ला लिगा फुटबलमा शनिवार राती साबिक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हराएको छ ।
अन्तिम १० मिनेट अघिसम्म २-० गोलले पछाडि रहेको बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले २ र कान्सेलोले एक गोल गरे । सेल्टा भिगोले १९ र ७६ औँ मिनेटमा गोल गरेको थियो ।
लेवान्डोस्कीले ८१ र ८५ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कान्सेलोले ८९ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपछि सेल्टा भिगो स्तब्ध बनेको थियो ।
६ खेलबाट १६ अंक भएको बार्सा अंक तालिकाको शीर्षस्थानमा छ ।
६ खेलबाट १६ अंक भएको गिरोना दोस्रो र ५ खेलबाट १५ अंक भएको रियल म्याड्रिड तेस्रो स्थानमा छ । अर्को खेलमा गिरोनाले मालोर्कालाई ५-३ गोलले हरायो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस